भाषासम्बन्धी विधेयक समितिमा पठाउने बागमती प्रदेशसभाको निर्णय — OSNepal

भाषासम्बन्धी विधेयक समितिमा पठाउने बागमती प्रदेशसभाको निर्णय

LC (KTM) October 04, 2023 0

मकवानपुर, १७ असोज : बागमती प्रदेशसभामा दर्ता भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले उक्त विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समिति पठाइयोस भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर