संविधानअनुसार सङ्घीयता कार्यान्वयन हुनुपर्छ’ : विमलेन्द्र निधि — OSNepal

संविधानअनुसार सङ्घीयता कार्यान्वयन हुनुपर्छ’ : विमलेन्द्र निधि

LC (KTM) October 04, 2023 0

राजविराज, १७ असोज : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जारी भएको संविधानअनुसार सङ्घीयता कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आज नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले देशमा संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न लाग्दा पनि सङ्घीयता अहिलेसम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताउनुभयो ।

सङ्घीयता लागुभएको तर अहिलेसम्म प्रदेश सरकारसँग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएका कारण सरकार सञ्चालनमा समस्या आएको उहाँले बताउनुभयो ।

नेता निधिले सङ्घीयताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि सुरु भएको तर अहिलेसम्म कार्यान्वयन नभएकाप्रति चिन्ता व्यक्त गर्दै नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदबाब सिर्जना गरेर जनताको विश्वास जित्दै कांग्रेसप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।कांग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी चुनावमा एक्लै जानुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर