फिल्म 'कौसीद'को 'नझर्थेर आँशु' सार्वजनिक — OSNepal

फिल्म ‘कौसीद’को ‘नझर्थेर आँशु’ सार्वजनिक

LC (KTM) October 05, 2023 0

काठमाडौं । कुमार भाष्करको निर्देशनमा बनेको फिल्म ‘कौसीद’मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘नझर्थेर आँशु’ बोलको गीत मार्मिक सुनिन्छ ।लिरिकल रूपमा तयार गरिएको गीतले सुख र दुःखले मिश्रीत दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन् । उक्त गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेखेका छन् । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ ।

यहि असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मले पोस्टर रिलिजबाट नै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा फिल्मका प्रमुख कलाकार हुन् ।

फिल्म ‘कौसीद’मा ऋचा र भोलाराजसँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन् ।

यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर