गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ — OSNepal

गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’

LC (KTM) October 06, 2023 0

काठमाडौं । गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक भएको छ । स्मृति खडका र अञ्जु गौतमको स्वर, राजु कार्कीको संगीत र सुरेश राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, बुद्धि तामाङ, अभिसेक खडका र सेजिना श्रेष्ठको अभिनय रहेको छ । नवराज उप्रेतिको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ ।

वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान….’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै ‘कुटुकुटु’ले पनि श्रोता/दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको गीतकार वान्तुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर