प्रतिनिधिसभा पुर्नस्थापित भएपछि दोस्रो पटक संसद बैठक आज बस्दै, यस्तो कार्यसुची — OSNepal

प्रतिनिधिसभा पुर्नस्थापित भएपछि दोस्रो पटक संसद बैठक आज बस्दै, यस्तो कार्यसुची

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । दोस्रो पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापित गरेपछि आज दोस्रोपटक संसद बैठक बस्न लागेको छ ।

आज शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिने कार्यसुची रहेको छ ,भने दलका नेताहरूले बोल्ने कार्यसूची समेत रहेको छ । प्रधानमन्त्री देउवाबाट महालेखा परिक्षणको सन्ताउन्नौँ वार्षिक प्रतिवेशन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै , गरी राज्य व्यवस्था तथा शुसासन समितिमा सभापति श्री शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धि समितिको प्रतिवेदन पनि पेश गर्ने कार्यक्रम रहेको छ ।

पहिलो बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर