नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवाको निवास बुढानिलकण्ठमा बस्दै — OSNepal

नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवाको निवास बुढानिलकण्ठमा बस्दै

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अहिले केहि बेरमा नै बस्ने भएको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको उक्त बैठक चौतर्फी आलोचना भएपछि
देउवाले अब देखि पार्टीको बैठक बालुवाटारमा नराख्ने भन्दै आफ्नै निजी निवासमा राखेका हुन् ।

आजको बैठकमा पार्टीको १४ औं महाधिवेशन केहि पछि सार्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । विवादमा मुछिएको क्रियाशील सदस्यताको विषयमा पनि थप निणर्य गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर