गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री बन्दै — OSNepal

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री बन्दै

LC (KTM) July 23, 2021 0

पोखरा ८ साउन । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद्को विस्तार हुने भएको छ । आज दिउँसो १ बजे मन्त्रिमण्डल विस्तार गर्ने कार्य सुची रहेको छ । गत जेठ २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।

आजको मन्त्रिपरिष्द विस्तार माओवादी केन्द्रको तर्फबाट ३ जना मन्त्री हुने भएका छन् । जसमा अर्थ मन्त्रीमा रामजी बराल,वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने कार्यक्रम रहेको छ ।

तथापी, आफ्नै सरकार रहेको कांग्रेसले भने कुनै मन्त्री पद लिएको छैन । तर पनि मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय कांग्रेस आफैले राख्ने भएको छ । नेकपा एमाले बाहेक अन्य दलको गठवन्धन रहेको गण्डकी प्रदेशमा यस अघि कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ मन्त्री बनीसकेका छन् ।

मन्त्रीको नाम टुंगो नलागे पनि शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर