भक्तपुरबाट काठमाडौँ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते — OSNepal

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

LC (KTM) October 07, 2023 0

भक्तपुर, २० असोज : अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा.९७प. २९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिनुभयो । घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर