सिद्धगणेश देवता घरमा राखिएको सुनको झ्याल ३०० वर्ष पहिला निर्माण भएको विश्वास — OSNepal

सिद्धगणेश देवता घरमा राखिएको सुनको झ्याल ३०० वर्ष पहिला निर्माण भएको विश्वास

LC (KTM) October 09, 2023 0

भक्तपुर ९मध्यपुर थिमि०, २२ असोजः मध्यपुर थिमि–७ नगदेश अवस्थित ऐतिहासिक सिद्धि गणेश द्यः छेँ ९सिद्धगणेश देवता घर० मा राखिएको सुनको झ्याल । स्थानीयवासीका अनुसार उक्त झ्याल करिब ३०० वर्ष पहिला निर्माण भएको विश्वास गरिएको छ ।

यो पनि : इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित:बेदकोट ९कञ्चनपुर०, २२ असोज ः इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।

शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा सुर्ताउनुभएको छ । “छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, उ कस्तो अवस्थामा छ रु केही थाहा छैन,” पदमाले भन्नुभयो,“चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुप¥यो ।” शिक्षण पेशामा सम्लग्न उहाँका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सर्नुभएको थियो।

आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउनुहुन्छ । बुबा शिक्षणको क्रममा बझाङमा हुनुहुन्छ । आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् ।

छोरा सम्पर्कमा नआएपछि पदमा सम्हालिन सक्नुभएको छैन ।
“शनिबार भिडिओकल भएको थियो, खाना खाँदैछु, आक्रमण हुनसक्ने भएकाले बङ्करमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,” विपिनका दाइ किशोरले भन्नुभयो, “त्यसपछि कुरा भएको छैन, उतायता फोन गरेका ग¥यैछौँ, केही पत्तो लागेको छैन ।”

विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल जानुभएको थियो । शनिबारदेखि बेपत्ता रहनुभएको उहाँको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ । इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा दस नेपाली विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए ।
शनिबार बिहानदेखि इजरायलमा आक्रमण भइरहेको छ । इजरायलमा अध्ययनका लागि दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा ४९ जना टीकापुर कृषि क्याम्पसका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन् । यस क्षेत्रमा हमास समूहले आतङ्कवादी आक्रमण जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर