उपेन्द्र र महन्थजी एउटै पार्टीमा भएकाले सनाखतको लागि कार्यकारिणी सदस्य आयोग जान पर्दैन : कर्ण झा — OSNepal

उपेन्द्र र महन्थजी एउटै पार्टीमा भएकाले सनाखतको लागि कार्यकारिणी सदस्य आयोग जान पर्दैन : कर्ण झा

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । जनता समाजवादी पार्टी, जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता अनिल झाले जसपाको आधिकारिकता दावी गर्न आफुहरु आयोग नगएको बताएका छन् ।

आज बिहान एक कार्यक्रमा सहभागी भएका झाले यस्तो खुलासा गरेका हुन् । उपेन्द्र यादव पक्ष भने आधिकारिकता दाी गर्न आयोग गएको बताएका झाले आफूहरु निर्वाचन आयोगले गर्ने निर्णयलाई मानेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

आयोगले जुन पक्षलाई आधिकारिकता दिएपनि आफुहरु त्यही कमिटिमा रहने झाले बताएका छन् । तसर्थ, आफुहरु आयोगले साउन ११ गतेलाई सनाखतको लागि कार्यकारिणी सदस्यहरुलाई बोलाएकोमा त्यहाँ जान आवश्यक नभएको समेत बताएका छन् ।

महन्थजी पार्टी विभाजनको विषयमा आयोग नगएको समेत बताएका झाले कार्यक्रममा भने,’पार्टीको विवादको निरुपण भएपछि हामी एक भएर अघि बढ्छौं । महन्थ ठाकुर पक्ष नयाँ राजनीतिक दल दर्ताको लागि जानुहुन्न । किनभने महन्थ ठाकुर पक्षको त्यो माग र दाबी पनि थिएन । निर्वाचन आयोगमा हामी गएको पनि होईन् । आयोगमा धेरै जानुपनि हुन्न ।’

उपेन्द्र र महन्थजी एउटै पार्टीमा भएकाले आयोगले मान्यता दिएको कमिटीलाई मानिदिए हुने उनको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर