केपी ओली, प्रचण्ड र माधव नेपालको एउटै विचार भएकोले मिल्ने सम्भावना छ : मोहन वैद्य — OSNepal

केपी ओली, प्रचण्ड र माधव नेपालको एउटै विचार भएकोले मिल्ने सम्भावना छ : मोहन वैद्य

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । नेपाल कम्युनिष्ट पार्टी९क्रान्तिकारी माओवादी०का महासचिव मोहन बैद्यले नेकपा एमालेका केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भविष्यमा एकता हुन सक्ने बताएका छन् ।

हिजो राति एक कार्यक्रमा बोल्दै वैद्येले दुवै बिच एउटै विचार भएकोले मिल्ने सम्भावना भएको बताएका हुन् । ‘केपी ओली, प्रचण्ड र माधव नेपालको एउटै विचार भएकोले मिल्ने सम्भावना छ । जुन टुटफुट भयो, त्यो चाहीँ सैद्धान्तिक नभएर एकदम व्यक्तिगत ईगोको कुरा हो ।’ कार्यक्रममा वैद्येले भने ।

ओली आफु पार्टी अध्यक्ष भएर मिलाउन पनि नचाहने , सरकारमा मात्र बसिरहने र सहमति पनि तोड्दै जाने प्रवृतिले यस्तो भएको बताएका वैद्यले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीचको झगडा चियाको कपभित्रको तुफान मात्र भएको जनाएका छन् ।
जसले यसले केही गर्दैन ।

एउटै विचार भएकाले तिनै एक हुने सम्भावना रहेको कार्यक्रममा वैद्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर