राप्रपाका अध्यक्ष थापा र विप्लवबिच भेटवार्ता — OSNepal

राप्रपाका अध्यक्ष थापा र विप्लवबिच भेटवार्ता

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । आज शुक्रबार बिहान थापालाई भेट्न विप्लव थापा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्नुका साथै आफ्नो तीन बुँदे सम्झौताको विषयमा पनि छलफल भएको जनाइएको छ । थापाले आज ट्वीटर मार्फत भनेका छन् , नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो।

दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’ भेटवार्तामा विप्लवका तर्फबाट प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओली र राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर