कांग्रेस बैठकको निष्कर्ष : महाधिवेशनको समय तालिका परिर्वतन नहुने गरी कार्यतालिका संशोधन गर्ने — OSNepal

कांग्रेस बैठकको निष्कर्ष : महाधिवेशनको समय तालिका परिर्वतन नहुने गरी कार्यतालिका संशोधन गर्ने

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशनको समय तालिका परिर्वतन नहुने गरी कार्यतालिका संशोधन गर्ने निणर्य भएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिकण्डमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउन थप १० दिनको समय दिएको छ ।

त्यसैगरी, धर्नामा बसेका पार्टीका नेता कार्यकर्ताको माग सम्बोधन विषयमा विकल्प सहितको प्रस्ताव ल्याउने सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर