गायिका अञ्जु पन्त र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा हिन्दी गीत 'जिन्दगीकी राहो मे ' रिलिज — OSNepal

गायिका अञ्जु पन्त र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा हिन्दी गीत ‘जिन्दगीकी राहो मे ‘ रिलिज

LC (KTM) October 12, 2023 0

काठमाडौं । बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको संगीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन् । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । पर्यटर्कीय स्थल खप्तडमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाइ देखाइएको छ ।

भिडियोमा मोडलद्धय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ । छानेर मात्रै निकै कम भिडियोको निर्देशन गर्ने निर्देशक गौरव गिरीले हिन्दी गीत जिन्दगीकी राहो मेमा निकै मेहेनत गरेको देखिन्छ । भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक गिरीले बताए । भिडियोको छायाकंन बसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन् ।

श्याम कुँवरले कलरिगं गरेको भिडियोको सम्पादन भद्र जंग कुँवरले गरेका हुन् । भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको यो मन छुने गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर