प्रदेश सरकारको नेतृत्व गरेको डेढ महिना पछि कांग्रेसले टुंगो लगायो तीन मन्त्री, आजै सपथ दिने तयारी — OSNepal

प्रदेश सरकारको नेतृत्व गरेको डेढ महिना पछि कांग्रेसले टुंगो लगायो तीन मन्त्री, आजै सपथ दिने तयारी

LC (KTM) July 23, 2021 0

पोखरा ८ साउन । अन्तत: लामो समयको विवाद पछि गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ ।

सरकार बनेको डेढ महिना पछि सत्ता पक्षले कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निष्कर्षमा पुगेको हो । नवनियुक्त मन्त्रीहरुले आजै दिउँसो १ बजे सपथ लिने कार्यक्रम रहेको छ ।

कांग्रेस नेतृत्वको सरकारमा सहभागएी हुन माओवादी केन्द्रले भने हिजो बिहिबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

तिनै जना सांसद समानुपातिक निर्वाचित हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर