गीतकार कुमार शिवाकोटीलाई प्रियसीबाट धोका — OSNepal

गीतकार कुमार शिवाकोटीलाई प्रियसीबाट धोका

LC (KTM) October 16, 2023 0

काठमाडौँ । गीतकार कुमार शिवाकोटीको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको ह्यारिसबर्क पेन्सिलभेनियामा रहेका गीतकार कुमार शिवाकोटीले आफ्नो सृजनामा तयार भएको गीत ‘भिझाएर आँशु’ को चर्चापछि अर्को गीत प्रियसी लिएर आएका हुन् । जसमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ भने संगीत पुष्प गजमेरको रहेको छ । जसमा सुमित विश्वकर्माको एरेन्ज रहेको छ भने गीतको मिक्सिगं तथा मास्टरिगं भारतको चेन्नईमा गरिएको हो ।

भिडियोले आँफुलाई भन्दा पनि बढी माया गरेकी प्रेमीकाले दिएको धोकापछिको हृदयविदारक अवस्थालाई देखाएको छ । आँफुले माया गरेको मान्छेले धोका दिएपछि एउटा पुरुषले सबै कुरा त्यागेर हिड्नु परेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा गायक तथा मोडल प्रकाश सपुत र समिक्षा पोखरलको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् ।

गीतकार कुमार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, पिरतीको खेल र ‘सानीलाई’ बजारमा ल्याईसकेका छन् भने उनका सिउँडीको काडैमा र हामी नेपाली बोलका गीतहरु रिलिजको क्रममा रहेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो जन्मभूमी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर