प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस लगाइयो — OSNepal

प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस लगाइयो

LC (KTM) October 20, 2023 0

फुङ्लिङ, २ कात्तिकः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा लगाएको फाइबर ट्रस ९छाहारी०। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो।

यो पनि : भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन:भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताउनुभयो ।

उहाँले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप ग¥यौँ ।” शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी ९बहिरङ्ग विभाग०, बाल उपचार कक्ष ९पेडियाट्रिक वार्ड० सञ्चालन हुनेछ । अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौँ, ती सामग्री छिट्टै आउँदैछन्”, ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरुले तिर्नुपर्ने उहाँको भनाइ छ ।

तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उहाँले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उहाँको भनाइ छ । विसं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो ।

मुख्य अस्पताल भरतपुर महानगरपालिका–१० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेण्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।

उहाँका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ । अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर