अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिवको जोड — OSNepal

अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिवको जोड

LC (KTM) October 21, 2023 0

देउखुरी (दाङ), ४ कात्तिक : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताउनुभयो ।

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताउनुभयो । सहर र गाउँलाई दसैँले जोडेको उहाँले उल्लेख गर्नुभयो ।

एक पृथक प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डो¥याउने सबल राजनीति दल खोजेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर