माछापुच्छ्रे गाउँपालिकाले पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क लिने, नेपालीलाई १ सय, विदेशीलाई ५ सय — OSNepal

माछापुच्छ्रे गाउँपालिकाले पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क लिने, नेपालीलाई १ सय, विदेशीलाई ५ सय

LC (KTM) October 28, 2023 0

अन्नपूर्ण (कास्की)- कास्कीको माछापुच्छ«े गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ«े गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचना अनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ । गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उहाँको भनाइ थियो । “हाम्रोमा अहिले चारवटा ट्रेकिङ रुट छन् । त्यहाँ वर्षमा कतिजना जान्छन् कसैलाई थाहा छैन । यसले यहाँको अभिलेखीकरणमा सहयोग मिल्छ,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “हामीले नियमसङ्गत शुल्क उठाउने निर्णय गरेका हौँ । यसबाट उठेको रकम पदमार्गमा खर्च हुन्छ । हामीले यहाँ सूचना केन्द्र बनाउने तयारी गरेका छौँ । यसले दुर्घटना हुँदा उद्धारमा पनि सघाउँछ ।”

तोकिएको शुल्क एक हप्ताभित्रमा लागू हुने वडाध्यक्ष गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “अहिले आन्तरिक तयारी गरिरहेका छौँ । अबको एक हप्ताभित्र शुल्क लिन्छौँ ।” माछापुच्छ«े गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ«े मोडेल ट्रेक, ग्रेट माछापुच्छ«े ट्रेल (खुमाईं–कोर्चों डाँडा), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर