पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक,१७ टिमको सहभागिता — OSNepal

पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक,१७ टिमको सहभागिता

LC (KTM) October 28, 2023 0

बैतडी-बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिता उद्घाटन खेलमा कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।

सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ । चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् । प्रतियोगिताका सबै खेल श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । प्रथम हुने टिमले रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्न गर्नेछ ।

द्वितीय हुने टिमले रु ५५ हजार पाँच सय ५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ । म्यान आफ द सीरिज अन्तर्गत २२ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्न गर्नेछन् । पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर