कोरोनाका कारण द कपिल शर्मा शो की सुमोना चक्रवर्तीको भयो बेहाल — OSNepal

कोरोनाका कारण द कपिल शर्मा शो की सुमोना चक्रवर्तीको भयो बेहाल

LC (KTM) May 16, 2021 0

भारतमा कोरोना भाईरसले धेरैको बिचल्ली बनाएको छ । गरीब देखी लिएर चर्चित स्टार समेत यस भाइरसको प्रभावबाट अछुतो रहन सकेका छैनन् । यतिबेला सबैलाई आर्थिक मन्दी छाएको छ ।

कोरोनाका कारण इन्टरटेन्मेन्ट प्रोग्राम तथा शो हरु नचल्दा धेरै कलाकार बेरोजगार बन्न पुगेका छन् । उनीहरुले आर्थिक संकटको सामना गर्नुपरिरहेको छ । केही समयअघि श्रुति हसनले आफु संग पैसा नभएको बताएकी थिईन् ।

त्यस्तै द कपिल शर्मा शो की भुरी अर्थात सुमोना चक्रबर्ती पनि आर्थिक संकट संग जुधिरहेको खबर आएको छ । उनी एक रोगको शिकार समेत बनेका बेला कोरोनाको कहरले उनलाई बेरोजगार समेत बनाएको छ ।

उनले सामाजिक सञ्जालमा आफु बेरोजगार बसिरहेको बताएकी छिन् । उनले आफु १० बर्ष यता एण्डोमेट्रियोसिस नामको बिरामी संग जुधिरहेको र उनी यो रोगको चौथो स्टेजमा रहेको बताएकी छिन् ।

उनले आफुले कहिले पनि पब्लिक रुपमा यो कुरा नबताएको पनि जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्-  लकडाउन मेरो लागि अत्यन्तै पीडादायी बनेको छ । बिगत एक बर्ष देखी म बेरोजगार छु । अहिले काम नभएका कारण म संग पैसाको कमी छ खर्च चलाउनै मुस्किल पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर