भलिबल खेलाडी सुजन चोखाललाई नगदसहित सम्मान — OSNepal

भलिबल खेलाडी सुजन चोखाललाई नगदसहित सम्मान

LC (KTM) October 30, 2023 0

म्याग्दी, १३ कात्तिक- राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले रु २५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो ।

क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । चोखाल गण्डकीको टिममा सेटरको भूमिकामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ ।

उहाँले आफ्नो व्यक्तिगततर्फबाट नेप्टेचौरको युवा क्लबलाई दुई थान भलिबलसहित रु ७२ हजार मूल्य बराबरको खेल सामग्री पनि उपलब्ध गराउनुभएको छ । प्रतिभावान् खेलाडी चोखाललाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको बेलमोन्ट भलिबल क्लबका प्रतिनिधि सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर