साउन १२ गते देशभर गरिने नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित — OSNepal

साउन १२ गते देशभर गरिने नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित गरिएको छ । अगामी पार्टीको १४ औं महाधिवेशनको लागि साउन १२ गते तोकिएको देशभर वडा अधिवेशन स्थगित भएको हो ।

आज शनिबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निणर्य गरेको हो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार वडा अधिवेश स्थगित गर्ने निर्णय पदाधिकारी बैठकमै भएको हो ।

‘अब कहिले गर्ने भन्ने पछि निणर्य हुन्छ । वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन ,अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ’ शर्माले भने ।अब योसँसगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ ।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा यस्तो भएको हो । यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

अब यो कार्यतालिकालाई वडा अधिवेशन स्थगनले प्रभावित पार्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर