कांग्रेस र कम्युनिष्टबाट आजित भएका जनताको लागि अब राप्रपा विकल्पको रुपमा : कमल थापा — OSNepal

कांग्रेस र कम्युनिष्टबाट आजित भएका जनताको लागि अब राप्रपा विकल्पको रुपमा : कमल थापा

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपालाई वैकल्पिक शक्ति बनाउन सक्रियतापूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज शनिबार काठमाडौंको क्षेत्र नम्बर ५(क)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अब कांग्रेस र कम्युनिष्टबाट आजित भएका जनताले राप्रपालाई विकल्पको रुपमा हेरेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्न नरहेको भन्दै थापाले अबको विकल्प राप्रपा नै भएको दावी गरेका छन् । आमुल परिवर्तनको नाममा चौध वर्षअघि षड्यन्त्रमुलक ढंगले लादिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथिति ल्याएको बताउँदै यसको अन्त्य चाहने हो भने जनताले राप्रपालाई रोज्नुपर्ने नेता थापाले बताएका छन् ।

आफ्नो पार्टीले काङ्ग्रेस र कम्युनिष्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्न समेत थापाले कार्यक्रममा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर