सर्वज्ञ वाग्लेद्वारा लिखित कविता कृति “नेता बन छोरा नेता बन ”विमोचन — OSNepal

सर्वज्ञ वाग्लेद्वारा लिखित कविता कृति “नेता बन छोरा नेता बन ”विमोचन

LC (KTM) November 12, 2023 0

काठमाडौं – नेपाली साहित्य समाज (अनेसास)का वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेद्वारा लेखिएको कविता कृति “नेता बन छोरा नेता बन ”विमोचन गरिएको छ । शनिवार पशुपती क्षेत्रभित्र रहेको सुन्दर स्थल बनकाली उधानमा अनेसास नेपाल च्याप्टरको आयोजनामा लक्ष्मिप्रसाद देवकोटा जन्मजयन्ती एवम् अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष वाग्लेद्वारा लेखिएको सो कविता कृति लोकार्पण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सि। को अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा डा.विष्णुविभू घिमिरे रहेका थिए।

कार्यक्रममा लेखक वाग्ले अनि विशेष अतिथिमा अनेसास केन्द्रका सल्लहाकार प्रतीक ढकाल, पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष डा।रेणुका सोलु, महासचिव बिमला निरौला, अनेसास प्राज्ञिक केन्द्रीय समिती सदस्य विधान आचार्य,साहित्यकारहरू युवराज मैनीली, मुरारी सिंग्देल, रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, सन्ध्या पहारी,गीता कार्की, मन्जिला अनिल, निर्मलरमण पराजुली, रञ्जना निरौला,सुशीला हसिना, कमला रिसाल, इन्दिरा ढकाल, सुचिता काफ्ले,शान्ता बस्नेत, विक्रमभक्त जोशी, भवानी खतिवडा,रमेश दाहाल लगायत सयौँको सङ्ख्यामा साहित्यकार एवम् समाजसेवीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै अतिथिज्यूहरूले लेखकलाई बधाई दिँदै शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यको क्रममा डा. घनश्याम खतिवडाले पशुपती क्षेत्रको महत्वका बारेमा विस्तृत रुपमा आफ्नो भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर