नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनद्धारा डाक्टर सन्दुत रोइत र महाविर पुनसहित १० विज्ञ पुरस्कृत एवंम सम्मानित (फोटोफिचर) — OSNepal

नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनद्धारा डाक्टर सन्दुत रोइत र महाविर पुनसहित १० विज्ञ पुरस्कृत एवंम सम्मानित (फोटोफिचर)

LC (KTM) November 12, 2023 0

काठमाडौँ । प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै डाक्टर रुइत र बैज्ञानिक पुनसँगै पूर्वराजदूत, कुटनितिज्ञ एवंम शैक्षीक अभियन्ता प्रल्हाद कुमार प्रसाई, प्रशिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवंम साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो । त्यस्तै फाउण्डेसनले साहित्यकार शुसिला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेम प्रकाश सिटौला, पत्रकार एचबी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ । त्यस्तै कार्यक्रममा बृद्ध अवस्था र सन्तानको दायित्व बोलको शीर्षकमा बिजयी हुने प्रतिभाहरुलाई सम्मान गर्दै निबन्ध प्रतियोतिाका मुख्य निर्णायक फणिन्द्रराज निरौलाले प्रतियोगीताको बारेमा संक्षीप्त मन्तब्य राख्नु भएको थियो ।

हरेक वर्ष विभिन्न पेशा, व्यबसायमा सक्रिय रहँदै आएका विज्ञ,संस्था,समाजसेवी तथा श्रष्टाहरुलाई सम्मानरपुरस्कार अर्पण गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवंम संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम शिक्षाविद्ध सुरेन्द्र सिटौलाले इञ्जिनियर इश्वरकान्तको समाजसेवी मनको तारिफ गरे । उनले समाजका प्रतिभाहरु महाविर पुन जस्ता सदगी जिवन बिताउनेहरुलाई गरिएको सहयोग निकै राम्रो काम भएको बताए । शिक्षाविद्ध सुरेन्द्र सिटौला सिटौला समाजका संस्थापक एवंम संरक्षक पनि हुन् ।
top
इञ्जिनियरि इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन संचालन गरेका हुन् । आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बुबाआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउण्डेसन खोलेको उनी बताउँछन् । सिटौलाको यो संस्थाले गरिब, दिनदुखी, अनाथ, असहायहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउण्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ । साहित्यको क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको छ । फाउण्डेसनले गत वर्ष डा भगवान कोइराला लगायत ९ जना प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको थियो । शनिबार सम्पन्न कार्यक्रममा सम्मानित एवंम पुरस्कृत सबै स्रष्टाहरुको परिचय विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंले दिएका थिए । प्रसाईं साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर