महेश बस्नेतको कडा चेतावनी 'एमाले फुटाउने अध्यादेश ल्याए आगो बालिन्छ' — OSNepal

महेश बस्नेतको कडा चेतावनी ‘एमाले फुटाउने अध्यादेश ल्याए आगो बालिन्छ’

LC (KTM) July 25, 2021 0

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका छन् । शनिबार काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमाले फुटाउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका हु्न् ।

उनले युथ फोर्स कुनै बौद्धिक समूहको विरुद्धमा खोलिएको संगठन नभएको बताउँदै चावहिलको भट्टीमा बसेर जाँड खाँदै बौद्धिक अराजकता मच्चाउनेका लागि साइबर सेना परिचालन गर्ने समेत बताएका छन् ।

उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने समेत बताए । । नेता बस्नेतले छिट्टै मधेश युथ फोर्स र महिला युथ फोर्स गठन गर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर