कच्ची घरभित्र लुकाई राखेका हातहतियार बरामद — OSNepal

कच्ची घरभित्र लुकाई राखेका हातहतियार बरामद

LC (KTM) November 20, 2023 0

रौतहट, ४ मंसिर – यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान आइतबार साँझ बरामद भएको छ ।

उक्त घरभित्र हातहतियार लुकाइ राखेको भन्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो । बरामद हातहतियार ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर