चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने, बुद्धि तामाङ ‘हैटको अभिनय — OSNepal

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने, बुद्धि तामाङ ‘हैटको अभिनय

LC (KTM) November 22, 2023 0

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान ९नर० ले यो चलचित्र निर्देशन गर्ने भएका छन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा।लि।को प्रस्तुतीमा यो चलचित्र निर्माण हुने लागेको निर्देशक प्रधानले बताएका छन् ।

यो चलचित्रको छाँयाकन बुधबार ९आज० बाट सुरु हुने भएको छ । यस फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मको करिव ६० प्रतिशत छायांकन सम्पन्न गर्न चलचित्र युनिक काठमाडौंबाट मँगलबार नै पाँचथर तर्फ लागेको छ । यस फिल्ममा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुदा निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ ।राजधानि दैनिकमा खबर छ ।

यो चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्तलगायतका कलाकार अनुबन्धित भएका छन् ।

आफ्नो चलचित्र यो मन त मेरो नेपाली होले विदेशमा रहेका नेपालीहरुले भोग्नु परेको समस्यालाई उठाउने उनले बताएका छन्,‘मैले यो चलचित्रमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठाउने छु ।’ निर्देशक प्रधानले भने ।

यो चलचित्रलाई शिबम अधिकारीले लेखेका हुन् । विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको देखक अधिकारीको कथन छ,‘अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषि अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् रु नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ । फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको छ ।’ लेखक शिवम् अधिकारीले भने ।

मित्र प्रधान ९नर० को कथा तथा निर्देशन रहेको चलचित्र यो मन त मेरो नेपाली हो मा दिपक शर्माको संगीत, सौरब लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर