रफाह क्रसिङ हुँदै गाजामा १२ हजार टन सहायता पठाइयो — OSNepal

रफाह क्रसिङ हुँदै गाजामा १२ हजार टन सहायता पठाइयो

LC (KTM) November 24, 2023 0

कायरो, ८ मङ्सिर । इजिप्ट र घेरामा परेको प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र जोड्ने बिन्दु रफाह सीमाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बिहीबार बताएका छन् ।

काएरो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित प्यालेस्टिनी समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भने, “एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झण्डै १२ हजार टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ ।

उनले इजिप्टको उत्तरी सिनाईमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलले राहत सामग्रीले भरिएको एक सय ५८ उडानहरू प्राप्त गरेको र इजिप्टले गाजालाई पठाइएको कूल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए।

इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पु¥याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई जोड दिए ।

उनले थपे, “संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलले चार दिनको लागि मानवीय युद्धविराम भएको छ । यसलाई थप लम्ब्याउन सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर