प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक — OSNepal

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक

LC (KTM) November 26, 2023 0

काठमाडौं । मंसिरको महिना भन्नासाथ विवाहको महिना बुझिन्छ । सामान्यतया विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ । चिना टिप्पन मिलेमा मात्र जोडीको दाम्पत्य जीवनमा सुखी हुने मान्यता छ । तर चिना टिप्पन नमिल्दाको अवस्थामा के होला ?

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । गीतमा दीपक शर्माको शब्द र कार्कीजीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।

भिडियोमा समीप निरौला, सिर्जना कोइराला र सुबास शाह फिचर्ड छन् । प्रेममा रहेका समीप र सिर्जनाको चिना नमिल्दा परिवारले सिर्जनाको विवाह सुबाससँग गरिदिन्छन् । तर विवाहकै भोलिपल्ट बिहान सिर्जना भागेर समीपलाई भेट्न गएको र त्यसपछिको द्वन्द्वलाई भिडियोमा देखाइएको छ । भिडियो कथात्मक शैलीमा निर्माण गरिएको छ ।

वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ । समीपको यो डेब्यू भिडियो निर्देशन हो । भिडियोकी निर्माता सीता अधिकारी हुन् । भिडियो समीप निरौला युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।मोडल समीपले हालसम्म करिब ४० को हाराहारी म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनीसँग टेलिफिल्म र सर्ट फिल्ममा अभिनयको अनुभव पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर