पछिल्लो २४ घण्टामा कोरोना थप ८ हजार ४१८ जना संक्रमित थपिए , ५३ जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा कोरोना थप ८ हजार ४१८ जना संक्रमित थपिए , ५३ जनाले गुमाए ज्यान

LC (KTM) May 08, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् त्यस्तै पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । ३ हजार ३७० जना निको भएका छन् ।

पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ सरकारले सङ्क्रमणको साङ्लो तोड्नको लागि देशका विभिन्न जिल्लाहरु निषेधाज्ञा जारी गरेपनि सङ्क्रमण घट्न सकिरहेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर