स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात — OSNepal

स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात

LC (KTM) November 27, 2023 0

काठमाडौँ । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ ।

मुलुकले वार्षिक साढे १४ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैँचाले भने आशा जगाएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट करिब १२ अर्ब २५ करोड रुपैयाँको गलैँचा विदेश निर्यात भएको छ । त्यसको आधाभन्दा बढी ७ अर्ब ३८ करोडको गलैँचा अमेरिका निर्यात भएको छ ।

भन्सार विभागका अनुसार गलैँचा निर्यात मूल्यको ६० प्रतिशत अमेरिका गएको देखिन्छ । यसले अमेरिकी बजारमा नेपाली गलैँचाको माग उच्च रहेको प्रष्ट सङ्केत गर्छ । नेपालमा उत्पादित गलैँचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर