अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक — OSNepal

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक

LC (KTM) November 29, 2023 0

काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लो स्वरमा रहेका ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जिवन बोमजन रहेको छ भने गीतमा बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय कलाकार रोशन गुरुङ्ग र नेपाली म्युजिक क्षेत्रमा सर्वाधिक रुचाइएकी मोडल रिया लामा को अभिनय रहेको छ ।साथमा भिमफेदी गाइजको नृत्य पनि गीतको भिडियोमा देख्न सकिन्छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोमा प्रजिता लामाले लगानी गरेकी हुन ।

अनिल लामाको यसअघि नेपाली चलचित्रमा समेत स्वर तथा संगीत भरेका छन । ’सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन । राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेला लगायतका बहु चर्चित गीतहरुको रचना गायक अनिल लामाले यस अगाडि दिएका थिए ।भिडियो लिंकः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर