नागढुङ्गामा बा.४ ख ५०२४ नम्बरको बस चेक गर्दा छक्क पर्यो प्रहरी, के रहेछ बसमा ? — OSNepal

नागढुङ्गामा बा.४ ख ५०२४ नम्बरको बस चेक गर्दा छक्क पर्यो प्रहरी, के रहेछ बसमा ?

LC (KTM) July 25, 2021 0

काठमाडौं, १० साउन- काठमाडौं, चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने गाँजाको खैरो धुलो पदार्थ सहित धादिङ गजुरी नगरपालिका(९ बस्ने ५५ वर्षीय सूर्य बहादुर तमाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख ५०२४ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको झोलाबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ धार्के गाउँपालिका(१ बस्ने १६ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।३ ख १५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर