साङ्घाई अटो पार्ट्स मेलामा ५,६०० भन्दा बढी कम्पनीहरू सहभागी — OSNepal

साङ्घाई अटो पार्ट्स मेलामा ५,६०० भन्दा बढी कम्पनीहरू सहभागी

LC (KTM) November 30, 2023 0

अटोमोटिभ पार्टपुर्जा (सवारी साधन), उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्ष्यित साङ्घाई अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका ५ हजार ६०० भन्दा बढी कम्पनीहरू साङ्घाईमा भेला भएका छन्।

कार्यक्रमको प्रदर्शनी क्षेत्र ३ लाख वर्ग मिटरमा फैलिएको बताइएको छ। संयुक्त राज्य अमेरिका, पोल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, इटाली र बेलायत लगायत ४१ देश र त्यस क्षेत्रका व्यावसायिक प्रदर्शकहरू मेलामा सहभागी छन्।

नयाँ ऊर्जा वाहन आपूर्ति शृङ्खलाको वृद्धिलाई ध्यानमा राख्दै, परम्परागत क्षेत्रहरूमा रूपान्तरण र स्तरवृद्धिको अतिरिक्त अन्य थुप्रै अन्तरराष्ट्रिय अटोमोटिभ बजारका बढ्दो अवसरहरू अन्वेषण गर्न हाल विश्व बजार चीनतिर लम्किरहेको मेस्से फ्रान्कफर्ट (एचके) लिमिटेडका महाप्रबन्धक फियोना चिउले उल्लेख गरेका छन् ।

चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले जारी गरेको तथ्याङ्कअनुसार चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ८ प्रतिशत र ९.१ प्रतिशतले बढेर करिब २४ करोड युनिट पुगेको छ।सो कार्यक्रम १८ औं संस्करणका रूपमा बुधवार शुरु भई डिसेम्बर २ सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर