‘राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन्न’- मन्त्री लिम्बू — OSNepal

‘राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन्न’- मन्त्री लिम्बू

LC (KTM) December 02, 2023 0

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा नीति बहससम्बन्धी शुक्रबार यहाँ आयोजित ‘राष्ट्रिय कार्यशाला’ मा मन्त्री लिम्बूले राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन नसक्ने बताउनुभयो । नेपालको राजनीतिमा विदेशी चलखेल बढिरहेको भन्दै यसप्रति सजग बन्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री लिम्बूले राजनीतिक किन गर्ने ? के पाइन्छ ? भन्ने खालका प्रश्न युवाले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री लिम्बूले आगामी दिन उज्यालो बनाउन कसरी सकिन्छ भन्ने विश्वास दिलाउनुपर्नेमा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह समेत गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर