अनुप रेग्मीको निर्देशनमा तयार किनाराको ढुंगामा गज्जबसँग खुलीन् सुन्दरी सुयसा — OSNepal

अनुप रेग्मीको निर्देशनमा तयार किनाराको ढुंगामा गज्जबसँग खुलीन् सुन्दरी सुयसा

LC (KTM) December 02, 2023 0

काठमाडौँ । गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द शृजना रहेको गीतमा न्ह्यू बज्राचार्यका संगीत तथा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् ।

भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् । निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । शुशिल बिक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर