कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी — OSNepal

कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी

LC (KTM) December 03, 2023 0

विराटनगर, १७ मङ्सिर- कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

सो कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर