बलिउड अभिनेता रणबीरको एनिमलले भारतीय बक्स अफिसमा धमाकेदार कमाई गर्यो — OSNepal

बलिउड अभिनेता रणबीरको एनिमलले भारतीय बक्स अफिसमा धमाकेदार कमाई गर्यो

LC (KTM) December 04, 2023 0

मुम्बई । बलिउड अभिनेता रणबीर कपुरको एनिमलले भारतीय बक्स अफिसमा धमाकेदार कमाई गरेको छ । उनी लामो समयपछि बक्स अफिसमा दर्शकको भिड जम्मा गर्न सफल भएका हुन् । उनको नयाँ फिल्म ‘एनिमल’ शुक्रबारबाट भारत सहित विश्वव्यापी रुपमा रिलिज भएको छ । उनको यो फिल्मले पहिले दिन शुक्रबार मात्र भारतमा ६३ करोड रुपैयाँको व्यापार गरेको छ ।

‘पहिलो दिनको व्यापारबाट म अत्यन्त उत्साहित छु । मैले सर्वाधिक मेहनतसँगै आशा गरेको फिल्म एनिमलले अहिले निकै राम्रो मायाँ दर्शकबाट पाएको छ ।’ अभिनेता रणबीरले शनिबार सञ्चारकर्मीसँग भनेका छन् ।राजधानि दैनिकमा खबर छ ।

यी अभिनेताको अघिल्लो फिल्म ब्रम्हास्त्रले राम्रै व्यापार गरेको थियो । तर यतिबेला रिलिज भएको एनिमलले उनका अहिलेसम्मका सबै फिल्मको पहिलो दिनको व्यबसायिक रेकर्ड तोडेको छ ।

बलिउडका सिनेमाहरु मध्य शाहरुख खानको जवान पछि एनिमलले दोस्रो ठूलो ओपनिङको रेकर्ड बनाएका छ । प्रदर्शनको पहिलो दिन फिल्म एनिमलले शाहरुखको फिल्म पठानको व्यापारलाई पनि उछिनेको छ । यो फिल्मको पहिलो दिजनको व्यापार अहिलेसम्मको दोश्रो ठूलो ओपनिङको रूपमा लिइएको छ । यस अघि शाहरुखको फिल्म जवानले पहिलो दिन ७५ करोडको व्यापार गरेको थियो । उनको अर्को फिल्म पठानले पहिलो दिन ५७ करोडको व्यापार घरेलु बक्स अफिसमा गरेको थियो ।

तर समग्रमा दशिक्षण भारतीय फिल्मको व्यापार हेर्दा एनिमलको पहिलो दिनको व्यापार आठौं नम्बरमा आउँछ । किनकी अहिलेसम्म सबैभन्दा बढी पहिलो दिन व्यापार गर्ने फिल्म आरआरआर सावित भएको यो फिल्मले पहिलो दिन भारतमा १३४ करोडको व्यापार गरेको थियो । यसपछि बाहुबली २ ले पहिलो दिन भारतमा १२१ करोडको, केजीएफ २ ले भारतमा पहिलो दिन ११६ करोडको, आदी पुरुषले भारतमा पहिलो दिन ८९ करोडको, साहोले पहिलो दिन ८८ करोडको व्यापार भारतमा गरेको थियो । यस्तै पल्लिो दक्षिण भारतीय फिल्म लियोले समेत पहिलो दिन ६६ करोडको व्यापार भारतमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर