भेनेजुएलाकी वुवान्दर र जापानकी एरिकालाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’ को उपाधि — OSNepal

भेनेजुएलाकी वुवान्दर र जापानकी एरिकालाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’ को उपाधि

LC (KTM) December 04, 2023 0

काठमाडौंँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेको छ । प्रतियोगीतामा मिस तर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेस तर्फ विजेता भेनेजुएलाकी वुवान्दर जिर्लेथ क्यासानोभा जितेकी छन् । हाराले मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड समेत प्राप्त गर्दा क्यासानोभाले मिसेस् पर्सनालिटीको अवार्ड हात पार्न सफल रहिन् ।

थाइल्याण्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा आयोजित प्रतियोगीतामा मिसेस् तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका भए ।

त्यसैगरी मिस तर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा प्रतियोगीता आयोजना भएको थियो । ईप्लानेटका अध्यक्ष नेपालका सन्तोष सापकोटा हुन् । प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् ।

प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श रहेका थिए । कार्यक्रमको संचालन पनि रोजिन आफैले गरेका थिए । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दुर्गा बिशुराल, आशिष कँडेल र पूर्व मिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रुपमा रहेको थियो ।

प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसैवर्ष देखि शुरुवात गरिएको थियो । सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।कार्यक्रममा थाईल्याण्डका कहलिएका नृत्य कलाकारहरुले जोडदार प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर