७ बर्षपछि ‘अभेद्य’ मा हरि र दीपेश — OSNepal

७ बर्षपछि ‘अभेद्य’ मा हरि र दीपेश

LC (KTM) December 05, 2023 0

काठमाडौं- निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाङकन थालिने उनीहरुको फिल्मको नाम रहेको छ–‘अभेद्य’ । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको कलाकार र प्राबिधिक टुंगो लागीसकेको भए तापनि केही समयपछि मात्रै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।

निर्देशक सापकोटा र निर्माता भट्टले झण्डै ७ बर्षअघि ‘मन्दिरा’ नामक फिल्ममा सहकार्य गरेका थिए । सन् २०१६ मा रिलिज भएको सन्पेन्स थ्रिलर ‘मन्दिरा’ बाट निर्देशक सापकोटाले तारिफ पाएका थिए । बिभिन्न समयमा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा परिचय बनाएका निर्देशक सापकोटाले युवा हुंकार म्यागेजिनको सहसम्पादक हुदै थुप्रै सर्ट फिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी निर्देशीत अर्काे फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालमा प्रदर्शनमा आएको थियो । उनको सर्ट फिल्म ‘मिरर’ ले इन्टरनेशनल हयुमन राइटस् फिल्म फेस्टिभवमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’,‘सहारा’, ‘मन्दिरा’ र ‘घनचक्कर’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ निर्माण गरेका भट्ट ‘अभेद्य’ हर कोणबाट उत्कृष्ठ बन्ने दावी गर्छन् ।‘हाम्रो ‘अभेद्य’ को सम्पूर्ण तयारी अन्तिमचरणमा पुगेको छ,केही दिनभित्रै कलाकार तथा प्राबिधिक सार्वजनीक गर्नेछौ’, निर्देशक दीपेश भन्छन्,‘यसपालि केही अलि ठूलै,केही अलि बिशेष हुदैछ ।’ ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर