चलचित्र ‘सतीदेवी’ सेन्सर पास — OSNepal

चलचित्र ‘सतीदेवी’ सेन्सर पास

LC (KTM) December 09, 2023 0

काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो ।

चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए । चलचित्रले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको छ। २ घण्टा १५ मिनेट लामो चलचित्र हेरी सके पछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनी भावुक बनेका थिए। एउटा पारिवारिक र सामाजीक कथामा बनेको चलचित्रले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाउनेमा सुवेदी बिश्वस्त छन्।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिकाको मुख्य भूमिका रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर