जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै - OSNepal

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

LC (KTM) December 10, 2023 0

काठमाडौँ, २४ मङ्सिर : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि सोमबार बस्दैछ । बैठकमा आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।

विशेषगरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर