यो वर्ष तेश्रो सफलता चुम्ने तयारीमा बलिउड अभिनेता शाहरुख खान — OSNepal

यो वर्ष तेश्रो सफलता चुम्ने तयारीमा बलिउड अभिनेता शाहरुख खान

LC (KTM) December 13, 2023 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खान यो वर्ष तेश्रो सफलता चुम्ने तयारीमा छन् । सन २०२३ आफ्नो लागि फिल्म इतिहाँसकै सर्वाधिक सफल वर्ष भएको यी अभिनेताले बताएका छन् । गत जनवरीमा रिलिज भएको पठान र सेप्टेम्बरमा रिलिज भएको जवान शाखरुखको करिअरमै सफल फिल्म सावित भयो ।

उती बेला तेश्रो फिल्म डँकीको रिलिज तयारीमा छन् । जसरी यस वर्षका आफ्ना दुई फिल्मले बक्स अफिसमा व्यबसायिक रुपमा सफलताको झँडा फहरायो । यो तेश्रो फिल्मले पनि अर्को एउटा रेकर्ड बनाउने विश्वास शाहरुखको रहेको छ ।राजधानि दैनिकमा खबर छ ।

‘निर्देशक राजकुमार हिरानी साहेवले बिगतमा सबै जसो सफल फिल्म दिनु भएको छ । उहाँको यो फिल्म डँकी पनि दर्शकको मनमा बस्ने सक्ने विश्वास मैले लिएको छु ।’ शाहरुखले सञ्चारकर्मीसँग भनेका छन् ।

डँकीमा शाहरुख खानसँगै अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको छ । जसमा विक्की कौशल, बोमन इरानी, अनिल ग्रोवर पनि शिर्ष भूमिकामा छन् । यो फिल्मको टिजर २ नोभेम्बरमा रिलिज भएको थियो । त्यतिबेला देखि फिल्मले चर्चा कमाईरहेको छ । राजकुमार हिरानीको यो फिल्म २२ डिसेम्बरबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर