नयाँ सरकारको फेरी देखियो मनपरीतन्त्र, निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा आफ्ना मान्छे भर्ती गर्दै गरियो राजदूत सिफारिस — OSNepal

नयाँ सरकारको फेरी देखियो मनपरीतन्त्र, निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा आफ्ना मान्छे भर्ती गर्दै गरियो राजदूत सिफारिस

LC (KTM) May 16, 2021 0

काठमाडौं । सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।

केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। याे खबर नागरिक दैनिकमा छ ।हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सकेको छैन।

सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर