विवादका कारण 'रावायण’मा काम नगरेको अभिनेता अनमोल केसी 'गुपचुप' चलचित्रको छायाँकनमा लागे — OSNepal

विवादका कारण ‘रावायण’मा काम नगरेको अभिनेता अनमोल केसी ‘गुपचुप’ चलचित्रको छायाँकनमा लागे

LC (KTM) December 14, 2023 0

काठमाडौं । विवादका कारण पछिल्लो चलचित्र ‘रावायण’मा काम नगरेको अभिनेता अनमोल केसी चुपचाप रुपमा यतिबेला नयाँ फिल्मको छायाँकनमा छन् । यो वर्षमात्र रावायण सहित तीन फिल्ममा आबद्ध भएका अनमोलले प्रहरी लफडा झेल्दै फिल्म रावायणमा काम गरेनन् ।

अन्तत उनी यतिबेला नयाँ चलचित्र ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको अहिले पोखरामा छायाँकन भईरहेको छ । अभिनेता अनमोलको चाहना अनुसार यो चलचित्रको छायाँकनको प्रचार गरिएको छैन ।राजधानि दैनिकमा खबर छ । उनी अहिले गुपचुप फिल्मको छायाँकनमा छन् । यो चलचित्रमा अभिनेता अनमोल र अभिनेत्री जसिता गुरुङ जोडी बनेर प्रस्तुत हुँदैछन् ।

यो अघि चलचित्र सानो मनको निर्देशन गरेका सुयोग गुरुङले चलचित्र फर्की फर्कीलाई निर्देशन गरिरहेका छन् । यो चलचित्र एक्सन प्रधान लभस्टोरी जनरामा निर्माण भईरहेको निर्देशक सुयोगको कथन छ ।

सुयोगका अनुसार अनमोल ‘फर्की फर्की’ रिलिज भएपछि मात्र अर्को चलचित्रमा काम गर्ने बताएका छन् । गत फागुनमा रिलिज भएको अनमोलको अघिल्लो चलचित्र ‘छड्के २’ ब्यबसायिक रुपमा पूर्ण असफल भएको थियो । त्यसपछि तीन सिनेमामा अनुबन्धित भएका अनमोलले फर्की फर्कीको छायाँकनमा दुई सातादेखि समय दिईरहेका छन् । अब उनले २०८१ मा मात्र अर्को सिनेमामा काम गर्ने बताएका छन् । चलचित्र ‘फर्की फर्की’लाई आगामी ११ जेठमा रिलिज गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर