‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक — OSNepal

‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

LC (KTM) December 17, 2023 0

काठमाडौ । आगामी माघ १९ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ ।रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । ओएसआर डिजिटलबाट सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरन्जन श्रेष्ठको कलर छ ।

फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय छ । राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर