अभिनेत्री ऋचा चड्ढाले गरिन ऋतिक रोशनको फिल्म अस्वीकार — OSNepal

अभिनेत्री ऋचा चड्ढाले गरिन ऋतिक रोशनको फिल्म अस्वीकार

LC (KTM) December 19, 2023 0

काठमाडौं ।फुकरे फेम बलिउड अभिनेत्री ऋचा चड्ढाले सोमबार जन्मदिन मनाएकी छन्। उनको जन्मदिनकै दिन उनले ऋतिक रोशनको फिल्म अस्वीकार गरेको किस्साको चर्चा भएको छ।

भारतीय सञ्चार माध्यमको खबर मान्ने हो भने ऋचा २१ वर्षको मात्र हुँदा उनलाई ऋतिक रोशनको एक फिल्ममा अभिनय गर्ने अफर आएको थियो। तर, उनले त्यो अफरलाई ठाडै अस्वीकार गरिदिएकी थिइन्।नेपाल समचारपत्रमा खबर छ ।

खबरअनुसार सो फिल्ममा ऋचालाई ऋतिकको आमा बन्ने अफर आएको थियो। त्यसैले, उनले सो अफरलाई तुरुन्तै अस्वीकार गरेकी थिइन्। ऋचाले एक अन्तर्वार्तामा बताएअनुसार सो फिल्मका कास्टिङ डाइरेक्टरले उनलाई ऋतिकको आमा बन्ने अफर गरेपछि उनी हैरान भएकी थिइन्।

‘२१ वर्षकी केटीले त्यस्तो अफर कसरी स्वीकार गर्न सक्छेरु ’ ऋचाले अन्तर्वार्तामा भनेकी छिन् ‘मलाई त्यस समयमा लाग्यो कि केही सोच विचार नै नगरी मलाई त्यस्तो अफर गरिरहेको छ, त्यसैले मैले त्यो अफरलाई सीधै रिजेक्ट गरिदिएँ।’

उनले अफर अस्वीकार गरेपछि कास्टिङ डाइरेक्टरले त्यसबारे दोहोर्‍याएर कुरा गर्ने हिम्मत गरेनन्। सायद, उनी ऋचाको अस्वीकारले रिसाएका थिए।

ऋचाको पछिल्लो फिल्म फुकरे–३ थियो। फिल्मले बक्स अफिसमा राम्रो रेकर्ड बनाएको थियो। फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन १२७।७५ करोड थियो।

ऋचाले २००८ मा आएको फिल्म ओये लकी लकी ओेयेबाट फिल्मी करियर शुरु गरेकी थिइन्। त्यसपछि उनले ग्याङस् अफ वासेपुर र मसानजस्ता उत्कृष्ट फिल्ममा काम गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर