प्रधानमन्त्रीद्वारा नेता यादवको स्वास्थ्य अवस्थाबारे जानकारी — OSNepal

प्रधानमन्त्रीद्वारा नेता यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

LC (KTM) December 20, 2023 0

भक्तपुर, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

केही सातायता बिरामी पर्नुभएका नेता यादवसँग भेट गरी प्रधानमन्त्रीले उहाँको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको हो । भेटमा उहाँले मध्यपुरठिमी चारदोबाटोस्थित सुन्दरबस्तीमा बस्दै आउनुभएका नेता यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री दाहालले सुन्दरबस्तीका बासिन्दा र कार्यकर्तासँग भेट गरी यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । मध्यपुरठिमी नगरपालिकाका उपप्रमुख एवं माओवादी केन्द्रका मध्यपुरठिमी नगर कमिटीका अध्यक्ष विजयकृष्ण श्रेष्ठको समन्वयमा स्थानीयवासी एवं कार्यकर्तासँग वर्तमान राजनीतिक अवस्था र यहाँको विकासबारे छलफल गर्नुभएको हो ।

नगरपालिकाका उपप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीसँग यहाँका बासिन्दाले स्थानीय अवस्थाबारे छलफल भयो, प्रधानमन्त्रीले देशको समग्र राजनीतिक विषयका बारेमा जानकारी गराउँदै मध्यपुरठिमीको विकासमा चासो लिनुभयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर